
एजेन्सी । माइक्रोसफ्टले यो हप्ता करिब ११,००० कर्मचारी हटाउने संकेत गरेको छ । ईन्जिनियरिङ् डिभिजनका व्यक्तिहरू मुख्य रूपमा यो कटौतीबाट प्रभावित हुनेछन्। जुन ३० सम्म, कम्पनीमा २२१,००० पूर्ण(समय कर्मचारीहरू थिए । जसमा अमेरिकामा १२२,००० र अन्तर्राष्ट्रिय रूपमा ९९,००० छन् । गत वर्षको अक्टोबरमा माइक्रोसफ्टले सबै डिभिजनमा करिब १ हजार कर्मचारीलाई निकालेको थियो ।
गत ५ महिनामा, धेरै अमेरिकी टेक दिग्गजहरूले परिचालन लागतमा बचत गर्न हजारौं कर्मचारीहरूलाई हटाएका छन्। कम्पनीहरूले यसको मुख्य श्रेय युक्रेन(रसिया युद्ध, सुस्त बृद्धि र कोभिड १९ महामारीको समयमा अत्यधिक कामदारलाई दिएका छन्। भर्खरै अमेजनले पनि १८ हजार कर्मचारी हटाउने घोषणा गरेको छ ।
१८ हजारभन्दा बढी कर्मचारी हटाउने घोषणा गर्दै अमेजनले विगत केही वर्षमा कम्पनीले ठूलो संख्यामा कर्मचारी भर्ना गरेको तर अहिले मन्दीको डरले कर्मचारी कटौती गरिएको बताएको थियो ।
प्रतिक्रिया दिनुहोस