
एजेन्सी । भारतको केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र विज्ञान–प्रविधि मन्त्री जितेन्द्र सिंहले बिहीबार विश्वको पहिलो इन्ट्रानासल कोभिड–१९ भ्याक्सिन सुरुवात गरेका छन्। भ्याक्सिन उत्पादन गर्ने हैदराबादस्थित भारत बायोटेकले वाशिंगटन युनिभर्सिटी स्कूल अफ मेडिसिनसँगको सहकार्यमा विकास गरेको हो। नाकबाट लिइएको यो खोपलाई बुस्टर डोजको रूपमा प्रयोग गर्न सकिन्छ।
भारत सरकारले २३ डिसेम्बरमा यो खोप स्वीकृत गरेको थियो । सबैभन्दा पहिले, नाक खोप निजी अस्पतालहरूमा उपलब्ध गराइनेछ । यो खोपलाई इन्ट्रामस्कुलर भ्याक्सिन भनिन्छ। नाकको खोप नाक मार्फत दिइने भ्याक्सिन हो।
प्रतिक्रिया दिनुहोस