
काठमाडौं । भिभो, एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्दछ ।
वाई०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने पाँच हजार एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्याम + ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोन १२ हजार ४९९ मुल्यमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध छ ।
वाई०२ मा ६.५१ इन्चको एजडी+ डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ । यसको २.५डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन दुई सुन्दर रंगहरू– कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ । वाई०२ स्मार्टफोन युवा उपभोक्ताहरूको व्यस्त जीवनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो जसले उनीहरूको दैनिकीलाई सहज बनाउँछ ।
वाई०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको बताए । उनले भने, ‘वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन । यसको विशाल ५०००एमएएच ब्याट्री, २जीवी + ३२जीवी स्टोरेज लगायतका अद्वितीय क्षमताले वाई०२ लाई ग्राहकहरुको आदर्श साथी बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।’
प्रतिक्रिया दिनुहोस