aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल टेलिकमको मिस्ड कल अलर्ट सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
नेपाल टेलिकमको मिस्ड कल अलर्ट सेवा

 काठमाडौं । मोबाइल नेटवर्क नभएको स्थानमा भए, ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्था रह्यो भने नेपाल टेलिकमले यसका लागि मिस्ड कल अलर्ट सुविधा उपलब्ध गराइरहेको छ ।  

नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिन्छ ।  यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुनेछ ।

आफ्नो मोबाइलमार्फत एस्ट्रिक १४०० ह्यास डायल गरेर दिइएका विकल्प अनुसार अथवा एसयुबी एमसीए लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिन्छ । साथै कम्पनीको एप नेपाल टेलिकमबाट पनि यो सेवा प्रयोगमा ल्याउन सकिन्छ । कम्पनीले यो सेवा प्रति महिना जम्मा ६ रुपैँयामा उपलब्ध गराएको छ । यो सेवामा कुनै समस्या आएमा १४९८ मा डायल गरी समाधान गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस