aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

८ लाख पर्ने टेलिभिजन, बोलेरै चलाउन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
८ लाख पर्ने टेलिभिजन, बोलेरै चलाउन सकिने

काठमाडौँ । नेपालमा एलजीको अत्याधुनिक प्रविधियुक्त टेलिभिजनको बिक्री सीजी इलेक्ट्रोनिक्सले सुरु गरेको छ । कम्पनीले अर्ग्यानिक लाइट एमिटिङ डायोड ‘ओलेड’ टेलिभिजन बिक्री सुरु गरेको हो । ८ लाख रुपैयाँ नेपाली मूल्य रहेको उक्त टेलिभिजनमा विश्वकै अत्याधुनिक प्रविधि जडान गरिएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार टिभीमा भ्वाइस कमाण्ड रहेकाले टिभी बोलेरै नियन्त्रण गर्न सकिन्छ । यसका अतिरिक्त एक्युरेट कलर, डल्बी एटमोस, म्याजिक रिमोटलगायतका सुविधा समेत छन् भने  भिजन–एटमोस पनि समावेश गरिएको छ । 

६५ इन्च स्क्रिन र ४.३ एमएम मोटाई रहेको यो टेलिभिजनमा गुगल एसिस्टेन्ट र एमेजोन एलेक्सा लगायतको सुविधा राखिएकाले प्रयोगकर्ताहरूलाई सहजता प्रदान गर्ने छ। 
 
अल्फा ९ जेन २ प्रोफेसर मार्फत प्रयोगकर्ताले हरेक गतिविधि स्वचालित रूपमा नियन्त्रण सक्ने यो टेलिभिजनले विश्वभर राम्रो बजार हिस्सा ओगटेको कम्पनीले जनाएको छ । 

टेलिभिजनमा समावेश गरिएको नानोसेल प्रविधिले विस्तृत रङ्ग छनोट गरी फराकिलो कोण प्रदान गर्ने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस