aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अलिबाबा भारतबाट पनि निस्कियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ माघ २०७९
अलिबाबा भारतबाट पनि निस्कियो

एजेन्सी । अलिबाबा समूहले पेटीएमको मूल कम्पनी वन-९७ कम्युनिकेसनमा रहेको आफ्नो बाँकी ३.४ प्रतिशत शशेयर पनि बेचेको छ। अलिबाबा समूहको भारतीय पेटीएममा कुनै पनि हिस्सेदारी छैन। रिपोर्टका अनुसार, अलिबाबा समूहले जनवरी १० मा एक ब्लक सम्झौतामा पेटीएमको करिब २१ मिलियन शेयर बेचेको छ।

अलिबाबा समूहले यसअघि जनवरीमा पेटीएममा आफ्नो ३.१ प्रतिशतको बहुमत सेयर बेचेको थियो। त्यसपछि अलिबाबाले पेटीएमको १२५ मिलियन डलर  शेयर थोक सम्झौतामा बेचेको थियो।

कम्पनीले पेटीएमको २ करोड शेयर प्रति शेयर ५३६.९५ रुपैयाँमा बिक्री गरेको थियो । सेप्टेम्बर २०२२ सम्म पेटीएममा अलीबाबा समूहको ६.२६ प्रतिशत हिस्सेदारी थियो। डिजिटल भुक्तानी र वित्तीय सेवा कम्पनी पेटीएमको शेयरमा अलिबाबाको शेयर बिक्रीका कारण शुक्रबार ठूलो गिरावट आएको छ। पेटीएमको शेयर ७.८२ प्रतिशत बन्द भयो।

प्रतिक्रिया दिनुहोस