aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल टेलिकमको नाफा ९ प्रतिशतभन्दा बढीले बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ माघ २०७९
नेपाल टेलिकमको नाफा ९ प्रतिशतभन्दा बढीले बृद्धि

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ९ दशमलव १६ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ अर्ब ८९ करोडभन्दा बढी खुद नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको कुल आम्दानी शून्य दशमलव ५१ प्रतिशत बढेर रू. २२ अर्ब १० करोड ११ लाख भएको छ । ग्राहक सेवाबाट गत वर्षभन्दा करिब ६ प्रतिशत कम रू. १८ अर्ब ७ करोड आम्दानी गरेको कम्पनीको अन्य आम्दानी करिब ४५ प्रतिशत बढी रू. ४ अर्ब २ करोडभन्दा बढी भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १८ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. ७४ अर्ब ३२ करोडभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४७ दशमलव २८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ५१२ दशमलव ९२ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस