aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ट्विटरको नयाँ सीईओको खोजी, कस्तो हुनपर्छ सिइओ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
ट्विटरको नयाँ सीईओको खोजी, कस्तो हुनपर्छ सिइओ ?

एजेन्सी । अर्बपति एलोन मस्क आजकल ट्विटरको नयाँ सीईओको खोजीमा छन्। इलोन मस्कले बुधबार यस वर्षको अन्त्यसम्ममा ट्विटरका लागि नयाँ सीईओ खोज्ने आशा गरेको बताएका छन्। यसैबीच, एलोन मस्कले आफ्नो कुकुर फ्लोकीको तस्बिर ट्विटरमा साझा गरे र मजाक गर्दै उनलाई ट्विटरको नयाँ सीईओ भने।

मस्कले आफ्नो कुकुर फ्लोकीको तस्बिर सेयर गर्दै लेखे, ‘ट्विटरको नयाँ सीईओ अद्भुत छ। यो अरु भन्दा धेरै राम्रो छ। धेरै स्टाइलिश पनि छ।’ तस्विरमा कुर्सीमा खैरो रंगको चस्मा र कालो स्वेटर लगाएको कुर्सीमा बसेको देख्न सकिन्छ । त्यही क्रममा उनको टेबलमा एउटा सानो ल्यापटप र केही कागजातहरू पनि देखिन्छन् । मस्कको यो पोस्टमा १ लाखभन्दा बढी लाइक प्राप्त भएका छन् । योसँगै प्रयोगकर्ताहरूले मस्कको यो पोस्टमा हास्यास्पद कमेन्ट पनि गरिरहेका छन् ।

भर्खरै दुबईमा भएको वल्र्ड गभर्नमेन्ट समिटमा भिडियो कल मार्फत मस्कले प्लेटफर्मले राम्रोसँग काम गर्न सक्ने सुनिश्चित गर्नु नै उनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताए। उनले भने, ‘सङ्गठनलाई स्थायित्व दिनुपर्ने र आर्थिक रूपमा सुदृढ बनाउनु आवश्यक छ भन्ने मलाई लाग्छ । ट्विटरको नयाँ सीईओको बारेमा मस्कले भने, ‘आशा छ यो वर्षको अन्त्यसम्ममा हामीले हाम्रो नयाँ सीईओ पाउनेछौँ।’

एलोन मस्कले २७ अक्टोबर २०२२ मा ४४ बिलियन डलरमा ट्विटर किनेका थिए। त्यसपछि मस्कले कम्पनीका चार उच्च अधिकारीलाई बर्खास्त गरेका थिए । जसमा सीईओ पराग अग्रवाल, फाइनान्स प्रमुख नेड सेगल, कानूनी कार्यकारी विजया गड्डे र सेन एजेट सामेल छन्। यसलाई प्रमुख मार्केटिङ अफिसर लेस्ली बर्ल्यान्ड, मुख्य ग्राहक अधिकारी सारा पर्सनेट र ग्लोबल क्लाइन्ट सोलुसन्सका उपाध्यक्ष जीन(फिलिप महेउले पछ्याएका थिए।

प्रतिक्रिया दिनुहोस