aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालले दियो मलेसिया समक्ष १४१ रनको लक्ष्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ बैशाख २०७६
नेपालले दियो मलेसिया समक्ष १४१ रनको लक्ष्य

नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मलेसिया समक्ष १४१ रनको लक्ष्य दिएको छ । थाइल्यान्डमा जारी फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन मात्रै बनाएपछि मलेसियाले सामान्य चुनौती पाएको हो ।

नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

मलेयिालाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल यो पटक पनि उपाधि आफ्नै कब्जामा राख्ने लक्ष्यमा छ । यता, मलेसिया पनि नेपाललाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ ।

प्रतिक्रिया दिनुहोस