aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

फेसबुकका सीईओ र सह–संस्थापकको तलब भत्ता १४ मिलियन डलर पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
फेसबुकका सीईओ र सह–संस्थापकको तलब भत्ता १४ मिलियन डलर पुग्यो

एजेन्सी । मेटाले आफ्ना सीईओ र सह–संस्थापक मार्क जुकरबर्गको सुरक्षा भत्ता ४ मिलियन डलरबाट बढाएर १४ मिलियन डलर बनाएका छन । जुकरबर्ग हाल फोर्ब्सको सूचीमा ६३ अर्ब डलरभन्दा बढीको कुल सम्पत्तिका साथ १६ औं स्थानमा छन्। सन् २०२१ मा उनलाई २७ मिलियन डलर क्षतिपूर्ति दिइएको थियो । उनको २०२२ को लागि क्षतिपूर्ति जानकारी अझै खुलासा गरिएको छैन।

कम्पनीले आगामी साता थप कर्मचारी हटाउने तयारी गरिरहेको अवस्थामा सुरक्षा भत्ता बढाउने निर्णय गरेको हो । मेटाले गएको नोभेम्बरमा ११ हजार कर्मचारीलाई बर्खास्त गरेको थियो । कम्पनीको १८ वर्षको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा कर्मचारी कटौती गरिएको हो । मार्क जुकरबर्गले गलत निर्णयका कारण राजस्वमा आएको गिरावटको श्रेय दिएका छन् ।

मार्कले भने, ‘आज म मेटाको इतिहासमा गरिएका केही कठिन निर्णयहरूको बारेमा बताउन गइरहेको छु। हामीले हाम्रो टोलीको आकार लगभग १३ प्रतिशत घटाउने निर्णय गरेका छौं। जसका कारण ११ हजारभन्दा बढी प्रतिभाशाली कर्मचारीले जागिर गुमाउने छन् ।’ 

मार्क जुकरबर्गले पनि प्रभावित कर्मचारीहरुप्रति खेद प्रकट गर्दै निर्णयको पूर्ण जिम्मेवारी लिएका छन् र कम्पनी कसरी यो स्थानमा पुग्यो भन्ने पनि बताए । उनले भने,‘म यी निर्णयहरूको लागि जवाफदेहिता लिन चाहन्छु र  कसरी यहाँ आएका छौं, उनले भने। मलाई थाहा छ यो सबैको लागि गाह्रो छ र म विशेष गरी मेरो निर्णयबाट प्रभावित भएकाहरूका लागि माफी चाहन्छु।’

प्रतिक्रिया दिनुहोस