aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नोकियाको नयाँ ५जी स्मार्टफोन सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ फागुन २०७९
नोकियाको नयाँ ५जी स्मार्टफोन सार्वजनिक

एजेन्सी । नोकिया ब्राण्डको एचमडी ग्लोबलले आफ्नो नयाँ ५ जी स्मार्टफोन (Nokia X30) भारतमा सार्वजनिक गरेको छ। ह्यान्डसेट सेप्टेम्बरमा विश्वव्यापी रूपमा प्रस्तुत गरिएको थियो। फोनको फ्रेम १०० प्रशित रिसाइकल एल्युमिनियमबाट बनेको र ब्याक कभर ६५ प्रतिशत रिसाइकल प्लास्टिकबाट बनेको कम्पनीले जनाएको छ ।

X30 स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ। यो स्मार्टफोन क्लाउडी ब्लू र आइस ह्वाइट कलर विकल्पहरूसँग आउँछ। कम्पनीको आधिकारिक साइट र अमेजनमा ह्यान्डसेटको प्रि–बुकिङ सुरु भएको छ। नोकिया X30 फेब्रुअरी २० देखि सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस