
काठमाडौं। बिगत लामो समयदेखि मोबाइल फोन मर्मत सम्बन्धित सेवा संचालन गर्दै आएको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा सस्तो मोबाइल रिपेरिङ सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनी इजी मोबाइल केयर प्रालि ले नेपालमा नै पहिलो पटक मात्र ९९९ रुप्रैयाँमा मोबाईल फोनको डिस्प्लेको टच फेर्ने सुविधा ल्याएको हो।
यस अन्तरगत चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमवाट आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जो लगायत २६ ओटाभन्दा वढी ब्राण्डका ६०० भन्दा बढी मोडलका बिग्रिएका मोबाईलको एलसीडी टच फेर्नू सकिनेछ।
इजी मोबाईल केयरका संचालक संजीत पौडेलले नेपालमा नै पहिलो पटक यस्तो सेवा शुरु गरिएको जानकारी दिए। मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरुलाई बिग्रेको डिस्प्ले टचू सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिईने कम्पनीले जनाएको छ। डिस्प्ले टचको मर्मत गर्न अहिलेको अवस्थामा कम्तिमा पनि २,५०० रुपैयाँ भन्दा धेरै खर्च लाग्ने हुँदा मर्मत नगरी चलाउने वा अर्को नयाँ फोन किन्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस