aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आइसीसी लिग–२ मा सन्दीपले दिलाए लगातार ३ विकेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ फागुन २०७९
आइसीसी लिग–२ मा सन्दीपले दिलाए लगातार ३ विकेट

काठमाडौं । आइसीसी लिग–२ विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली नेपालविरुद्ध स्कटल्यान्डले ब्याटिङ गरिरहेकोमा लेग स्पिनर सन्दीप लामिछानेले लगातार ३ विकेट झारेका छन् । सन्दीपले १४ औँ ओभरको अन्तिम बलमा कप्तान रिची बेरिङटोनलाई एलबीडब्लु धरापमा पारेसँगै रिची पहिलो बलमा नै आउट भएका हुन् । 

त्यससँगै सन्दीपले १३ औ ओभरको पाँचौँ बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाएका थिए । नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्धतमा ६० रन बनाएका थिए । नेपालविरुद्ध पहिलो खेलमा आराम दिइएको मुन्सेलाई स्कटल्यानडले आजको खेलमा मैदान उतारेको थियो । 

सन्दीपले नै सातौ ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई एलबीडब्लु धरापमा पारेका थिए । १४ ओभरको समाप्तीमा स्कटल्यान्डले ३ विकेटको क्षतिमा ८९ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस