aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

टेलिकमको मोबाइलमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
टेलिकमको मोबाइलमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा शुरु

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा शुरु गरेको छ । रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्र रहेकोमा२० देखि छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध हुने टेलिकमले जनाएको छ । 

पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसंगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ । त्यसैगरी गत २०७६ बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको छ । 

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको हो । अब उप्रान्त नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सकिने भएको छ ।

१९ गतेसम्म अन्तर्र्रािष्ट्रय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकहरुलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त मिति पश्चात् अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध रहेको छ ।  
  
जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले हाललाई डाटा रोमिङ सेवा छिमेकी मित्रराष्ट्र भारतमा प्रयोग गर्न सक्नेछन् । निकट भविष्यमै यो सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने छ्र ।
                          
                                               

प्रतिक्रिया दिनुहोस