
काठमाडौं । काठमाडौं जिल्ला अदालतले स्पट फिक्सिङमा मुछिएका तीनजनालाई धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश राजकुमार श्रेष्ठको एकल इजलासले बुधबार खेलाडीहरू नितेश गुप्ता, महबुब आलम र मोहम्म आदिल आलमलाई धरौटी लिएर छोड् आदेश दिएको हो ।
अदालतले उनीहलाई जनही तीन लाखका दरले धरौटी तिर्न आदेश दिएको छ । प्रतिवादी बनाइएका नवीन कँडेल र रवि माझी भने फरार अभियुक्तकै रूपमा छन् ।
उनीहरूविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ अनुसारको खेलमा मिलोमतो तथा अनियमितता गरेको भन्दै दफा ३३ बमोजिमको सजाय माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस