aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सन्दीप लामिछाने युएई जान पाउँछन् कि पाउँदैनन्, आज सर्वोच्चले टुंगो लगाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ फागुन २०७९
सन्दीप लामिछाने युएई जान पाउँछन् कि पाउँदैनन्, आज सर्वोच्चले टुंगो लगाउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि विदेश जान लगाइएको रोकको विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिटको आज पेशी तोकिएको छ । क्रिकेट खेल्न यूएई जान पाउनु पर्ने मागसहित लामिछानेले दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो । 

आफ्ना वकिल सरोजकृष्ण घिमिरेको साथमा सन्दीपले बिहीबार निवेदन दिएपछि सर्वोच्चले यसको सुनुवाइ आज गर्न लागेको छ । विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपले हिजो सर्वोच्चमा निवेदन दिएका थिए । 

पेसी तोकिएपछि शुक्रबार नै सर्वोच्च अदालतले आदेश दिएमा सन्दीप क्रिकेट खेल्न यूएई जान पाउनेछन् । तर पीडित पक्षले पनि दिएको निवेदन एकै ठाउँ राखेर सुनुवाइ अघि बढाउन आदेश भएमा सन्दीपको यूएई यात्रा रोकिने छ ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार यूएई जाने टोलीको घोषणा गरेको छ । जसमा सन्दीपलाई समावेश गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस