aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

खुमबहादुर सुवेदी टानको नयाँ अध्यक्ष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ भदौ २०७६
खुमबहादुर सुवेदी टानको नयाँ अध्यक्ष

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् ।  टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा सुवेदीले जितेका हुन । सुवेदीले ५२१ मत ल्याएरका थ्एि भने अर्को अध्यक्षका प्रत्यासी अन्जन कुमार थापाले ४३८ मत प्राप्त गरेका थिए । 

सुवेदी प्रजातान्त्रिक समूह र थापा वामपन्थी समूहबाट प्यानलसहितको उम्मेदवारी घोषणा गरेका थिए ।  थापा समूहकी सरिता लामा महासचिवमा विजयी भएका छन् । नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् । 

त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन्। सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस