aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पर्यटन मजदुर समाजको प्रथम वार्षिकोत्सव सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ भदौ २०७६
पर्यटन मजदुर समाजको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौं । पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको संगठन पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । काठमाडौंको स्रोहखुट्टे नयाँबजारमा शनिबार संगठनको वार्षिकउत्सव सम्पन्न भएको हो । 

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष सीएन पाण्डेको प्रमुख अथित्यतामा भएको कार्यक्रममा नेपाल टुरिष्ट भ्याकल एशोसिएसनका अध्यक्ष रामशरण कार्की विशेष अतिथि रहेका थिए । 

 प्रहरी नायब निरिक्षक मदनराज उपाध्याय, सगरमाथा इन्सुरेन्सका विनोद थापा, नेपाल चाइनिज गाइड एशोसिएसनका उपाध्यक्ष कपिल क्षेत्री  राजन खनाल, चलचित्र विकास बोर्डका पूर्व सदस्य कलाकार उत्तम केसी, चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, गीतकार संघ नेपालका महासचिव वसन्त वित्यासी थापा, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक सञ्जय पाण्डेलगायतका अतिथिहरु रहेका थिए । 

अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा पर्यटन मजदुर समाज नेपालले छोटो समयमै उल्लेखनिय काम गरेको भन्दै समाजले पर्यटन वर्ष २०२०लाई सफल बनाउँन आफ्नो ठाउँबाट विशेष भुमिका खेल्न सक्ने बताएका थिए । त्यस्तै समाजले गरेका कार्यहरुको प्रशंसा गर्दै आगामी समयका लागि शुभकामना दिएका थिए । 

समाजका अध्यक्ष राजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अथितिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने समाजलाई सहयोग गर्ने विभिन्न सहयोगी संस्थालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

अध्यक्ष कार्कीले समाजले छोटो समयमा गरेका कार्यहरुको विवारण प्रस्तुत गर्नुका साथै यस क्षेत्रमा काम गर्ने मजदुरहरुको विविध समस्या उजागर गर्नुका साथै त्यसको समाधानका लागि पहल गर्ने बताए । उनले पर्यटन वर्ष २०२०लाई सफल बनाउ यो समाजले विशेष पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

त्यस्तै समाजका कोषध्यक्ष भीमसेन टी लामाले यो एक वर्षमा समाजले ५६ जना मजदुरहरुको १० लाखको वीमा गरेको जानकारी गराए ।  पर्यटन मजदुर समाज नेपालमा अध्यक्ष राजकुमार अधिकारी, बरिष्ठ उपाध्यक्ष रुद्र भुसाल, उपाध्यक्ष माधवप्रसाद घिमिरे, महासचिवमा सुदर्शन खत्री, कोषाध्यक्ष भीमसेन टी लामासहित १५ सदसीय कार्यसमिति रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस