
काठमाडौं । ग्लोबल टेक्लोलोजी ब्राण्ड होनोरले म्याजिक फाइभ सिरिज र होनोर म्याजिक भिएसको लञ्च घोषणा गरेको हो होनोरले मोबाइल वर्ल्ड कांग्रेस २०२३ मा टेक्नोलोजीमा आफ्नो नयाँ मानव केन्द्रित दृष्टिकोण, टेक टु इन्स्पायरूको अनावरण गरेको हो ।
कार्यक्रममा, होनोरले आफ्नो दोहोरो फ्ल्यागशिप रणनीतिलाई जीवन्त बनाएको छ । विश्वव्यापी बजारमा होनोर म्याजिक फाइभ सिरिज र होनोर म्याजिक भिएसको विश्वव्यापी उपलब्धता पनि घोषणा गरेको हो । जुन सफल होनोर म्याजिक सिरिज लाईन अपको पछिल्लो पुनरावृत्ति हो । जसले विश्वभरका प्रयोगकर्ताहरूका लागि वास्तविक फ्ल्यागशिप स्मार्टफोन अनुभव प्रदान गर्दछ ।
होनोर डिभाईस कम्पनीका सिईओ जिओर्ग जह्वोले भने, ‘ग्राहकहरूको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न प्रतिबद्ध, होनोरले सबैको दैनिक जीवनमा सुधार गर्न सहज टेक्नोलोजी समाधानहरू प्रदान गर्दै उत्पादन नवीनतामा मानव केन्द्रित दृष्टिकोण अपनाएको छ ।’
यसका अतिरिक्त होनोर नेपालका अन्य उत्पादनहरु तल उल्लेख गरिएको छ। जसको मूल्य १८ हजार चार सय ९० रुपैयाँदेखि ६९ हजार ९९० रुपैयाँसम्म रहेको छ ।
प्रतिक्रिया दिनुहोस