aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हट एयर बेलुनलाई प्रवद्र्धन गर्न पर्यटन बोर्डले सहयोग गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ फागुन २०७९
हट एयर बेलुनलाई प्रवद्र्धन गर्न पर्यटन बोर्डले सहयोग गर्ने

काठमाडौं । हट एयर बेलुनलाई प्रवद्र्धन गर्न पर्यटन बोर्डले सहयोग गर्ने भएको छ । पोखरा पर्यटनको मुख्य आकर्षक हट एयर बेलुनलाई प्रवद्र्धन गर्नका लागि नेपाल पर्यटन वोर्डले व्यवसायीहरुसंग सहकार्य गर्ने भएको हो । 

यसबारे सोमबार बेलुन नेपालका संचालक र पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ)संग छलफल भएको छ । उक्त छलफलमा पर्यटन बोर्डले पोखरा पर्यटनमा हट एयर बेलुन अत्यन्त प्रभावकारी र आकर्षक देखिएको भन्दै उक्त कार्यक्रमलाई देश तथा विदेशमा प्रचार प्रसारका लागि प्राथमिकतामा राख्नेबारे छलफल भएको हो ।

बोर्डका सीइओ डा. धनञ्जय रेग्मीले हट एयर बेलुन कार्यक्रम थप प्रचार गरी पर्यटकहरुको मनोरञ्जनको लोकप्रिय माध्ययम बनाउनका लागि पर्यटन बोर्डले सक्दो पहल गर्ने बताए । उनले भने, ‘देशविदेशमा हुने प्रचार प्रसारका कार्यक्रममा हट एयर बेलुनलाई पनि साथै राख्नेछौँ, नेपाल आउने पर्यटकलाई यो प्याकेज मन पर्ने भएकाले यसलाई राज्यले संरक्षण पनि गर्नेछ ।’ 

नौ महिना पछि आयोजना हुन लागेको हट एयर बेलुन मेलामा एकैपटक झण्डै ५० वटा बेलुन उडाएर विश्वकै ध्यान आकृष्ट गर्ने तयारीमा रहेको संचालक श्रेष्ठले बताए ।  त्यसका लागि विभिन्न देशहरुबाट हट एयर बेलुनका पारखी राइडरहरुलाई निम्तो दिइने भएकाले उनीहरुले लिएर आउने हट एयर बेलुनको सामग्री आयातलाई निशुल्क बनाइ सहजीकरण गराइदिन आग्रह समेत गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस