
काठमाडौं । ट्रवीटरले फेरि दुईसय जना कर्मचारीहरुको जागिर खोसेको छ । हाल कार्यरत दुईहजार कर्मचारीबाट १० प्रतिशतले कटौती गरि त्यति धेरै कर्मचारीहरु निष्कासन गरेको हो ।
ट्रवीटर आफ्नो नाममा ल्याएपछि एलन मस्कले धमाधम कर्मचारीहरुलाई आफ्नो निशाना बनाउँदै जागिर खोस्ने गरेका छन् । गत अक्टोबरमा ट्वीटरको अधिकार आफूमाथि ल्याएपछि उनले ५० प्रतिशतभन्दा बढीकर्मचारीहरु हटाएका छन् ।
ट्वीटरको ब्लू भेरिफिकेसन सब्सक्रिप्सन मोडेल हेर्ने ट्वीटर पेमेन्ट्सकी प्रमुख कार्यकारी इस्थर क्राफोर्डले आफूलाई आफ्नो टीमप्रति गहिरो गौरवानुभूति रहेको बताएकी छिन् ।
त्यसैगरी, न्युजलेटर टूल रिभ्युका संस्थापक समेत रहेका वरिष्ठ प्रडक्ट म्यानेजर मार्टिज्न डी कुइज्परले एक ट्वीट गर्दै आफ्नो कार्यालयको इमेल लक भएसँगै आफूले जागिर गुमेको पत्तो पाएको बताएका छन् ।
आफ्ना कर्मचारीहरु हटाएपछि एलन मस्कले भने खुसी व्यक्त गर्नुका साथै व्यंग्य गरेका छन् । उनले ट्वीटमा भनेका छन् – ‘आशा छ तपाईँको यो दिन राम्रो रह्यो होला । तपाईँको बाँकी जीवनको पहिलो दिन ।’
प्रतिक्रिया दिनुहोस