aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

डिशहोममा १ वर्षको रिचार्ज गर्दा अंगाई र भण्डारीले जिते जनही एक लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
डिशहोममा १ वर्षको रिचार्ज गर्दा अंगाई र भण्डारीले जिते जनही एक लाख

काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा भिमसेन थापा गाउँपालिका २, का रामजी प्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले जनही एक लाख रुपैया जितेका छन् ।

डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।  

डिशहोमको तर्फ वाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेताहरु लाई वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वासे लिएको कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस