
काठमाडौं । आगामी वर्ष श्रीलंकामा हुने आर्यसीसी यू १९ विश्वकपमा स्थान बनाएको नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही १ लाख रुपैयाँ दिने भएको छ । यू १९ टोलीलाई बधाई दिँदै टोलीको सफलताको कदर गरी पुरस्कार रकम दिने घोषाणा गरेको क्यानले जनाएको छ ।
बिहीबार युएईमा भएको खेलमा घरेलु टोलीलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि यू १९ विश्वकपमा पुगेको थियो ।
नेपालले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो ।
प्रतिक्रिया दिनुहोस