
काठमाडौं । भारतमा एक घण्टा जति इन्टरनेट बन्द हुँदा ४ अर्ब ४२ करोडभन्दा बढीको नोक्सान हुने उल्लेख गरिएको छ । विश्वभर इन्टरनेट पहुँचको निगरानी गर्ने संस्था एक्सेस नाउ नामक संस्थाले सन् २०२२ मा भारतले ८४ पटक इन्टरनेट बन्दको सामना गर्नुपरेको भन्दै यस्तो नेट बन्दले क्षणभरमै अरबौंको नोक्सान हुने उल्लेख गरेको हो ।
सन् २०१८ देखि २०२२ सम्म भारतमा कुल नेट बन्दको घटनाको संख्या १०० भन्दा कम थियो । त्यसमा पनि १४ पटक २४ घण्टाभन्दा बढी नेट बन्द भएको थियो ।
आज देशमा नेट बन्द हुनुको अर्थ मोबाइल सेवा अवरुद्ध हुनु मात्र होइन । डिजिटल भुक्तानीमा आधारित अर्थतन्त्रमा, जहाँ मानिसहरूले क्यूआर कोड स्क्यान गरेर चियाको पैसा पनि तिर्छन्, नेट बन्द हुनुको अर्थ ठूलो जनसंख्याको आम्दानी रोक्नु हो ।
भारतमा इन्टरनेट बन्दको डाटा राख्ने प्लाटफर्म Internetshutdowns.in का अनुसार २०१२ देखि आजसम्म भारतमा कुल ६९७ पटक इन्टरनेट बन्द भएको छ ।
२०२३ को दुई महिनामा मात्र भारतमा ७ पटक इन्टरनेट बन्द भएको छ । सिंगो देशमा एकैपटक इन्टरनेट बन्द नहुने भए पनि बन्दको सिलसिला बढ्दै जाँदा घाटा पनि बढ्दै जाने रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस