aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० फागुन २०७९
विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु

भैरहवा । तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबार देखि मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका बिच प्रतियोगिता  भएको छ । खेलले मानिसलाई अनुशासित ढङ्गबाट अगाडि बढाइ पहिचान स्थापित गर्ने भएकोले विद्यार्थीहरुले पढाइ सँगै अतिरिक्त क्रियाकलापको रुपमा खेललाई स्थापित गर्नु पर्ने तिलोत्तमा नगरपालिकका मेयर रामकृष्ण खाणले बताए ।

नगरपालिकाले खेलको महत्वलाई बुझेकोले खेलकै माध्यमबाट सामाजिक सद्भाव कायम गर्दै नगरको पहिचान बनाउने खाणले बताए । खेलले शारीरिक रुपमा सकरात्मक प्रभाव पर्ने र राष्ट्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउने खेल भएकोले विद्यार्थीले पढाइ सँग खेललाई अगाडि बढाउनु पर्ने शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले बताए ।

भलिबल प्रतियोगितामा छात्र तर्फ १२ टिम खेलाडी र छात्रा तर्फ ६ टिमका खेलाडी रहेको कार्यक्रम संयोजक राजेन्द्र केसीले जानकारी दिए । शनिबार भएको छात्रा तर्फको पहिलो खेलमा शान्ति नमुना मावि र सेन्ट जोसेभिएस खेल्दा शान्ति नमुना माविले जित हाँसिल ग¥यो । सिद्धार्थ इङ्लीस बोर्डिङ् स्कुलले न्यु इन्भारोमेन्ट स्कुललाई पछाडी पार्दै जित हात प¥यो । गिर्वाण मावि र नबज्योति बोर्डिङ् स्कुल बीचको खेलमा नब ज्योति विजयी भयो ।

न्यु इन्भारोन्ट स्कुललाई पछाडी पारेर सेमिफाइनलमा प्रवेश गरेको सिद्धार्थ बोडिङ् स्कुललाई कुवरवर्ती इङ्लिस बोर्डिङले पछाडी पार्दै जित हासिल ग¥यो । सेमिफाइनलमा शान्ति नमुना मावि र नबज्योति बोडिङ् स्कुल बीच भएकोमा नव ज्योति विजयी भएको खेल संयोजक राजेन्द्र केसीले जानकारी दिए ।

त्यस्तै छात्र तर्फको पशुपति मावि र नमुना मावि बीच भएकोमो पशुपति विजयी भयो । न्यू इन्भारोमेन्ट र नव ज्योति बीचको खेलमा नब ज्योति विजयी भयो । शंकनगर दुर्गादत्त मावि र जनज्योति मावि बिचको खेलमा जनज्योति विजयी भएको शान्ति नमुना माविका इसिए इन्चार्ज शुसिल पाण्डेले जानकारी दिए । बाँकी खेल आइतबार विहानै देखि हुने भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस