aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

किर्गिस्तानमाथि नेपालले गोलकाे वर्षा, ८-२ गोलको फराकिलो अन्तर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
किर्गिस्तानमाथि नेपालले गोलकाे वर्षा, ८-२ गोलको फराकिलो अन्तर

काठमाडौं । नेपालले नदेज्दा कप महिला फुटबलमा आयोजक किर्गिस्तानलाई फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

आज भएको खेलमा किर्गिस्तानलाई नेपाली चेलीले ८-२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । पहिलो हाफमा ६ गोल गर्दा दुई गोल खाएको नेपालले दोस्रो हाफमा दुई गोल थप्न सक्यो ।

नेपालका लागि सावित्रा भण्डारीले चार गोल गरिन् । त्यस्तै, अनिता बस्नेतले दुई गोल गर्दा, कप्तान निरु थापा र दिपा राईले समान १-१ गोल गरिन् ।

चौथो मिनेटमा नै गोल गर्दै अग्रता सावित्राले नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको १५औं मिनेटमा सावित्राले अर्को गोल गर्दै २-० गोलको अग्रता दिलाइन् । तर, खेलको १९औं र २२औं मिनेटमा किर्गिस्तानले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा पुगेको थियो ।

खेलको २५औं मिनेटमा दिपा राईले गोल गर्दै नेपाललाई फेरि ३-२ गोलको अग्रता दिलाइन् । खेलको ३०औं मिनेटमा सावित्राले गोल गर्दै हृयाटि्रक पूरा गरिन् भने नेपालले ४-० गोलको अग्रता लियो । त्यस्तै, खेलको ३४औं मिनेटमा अनिता बस्नेत र खेलको ३७औं मिनेटमा कप्तान निरु थापाले गोल गरेपछि पहिलो हाफसम्म नेपालले ६-२ गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलको ५३औं मिनेटमा सावित्राले गोल गर्दै ७-२ गोलको अग्रता दिलाइन् । खेलको ९० औं मिनेटमा अनिताले सुन्दर गोल गर्दै नेपाललाई ८-२ गोलको जित दिलाइन् ।

प्रतिक्रिया दिनुहोस