
सगरमाथा सफाई अभियान—२०६७ अन्तरर्गत बैशाख १ देखि लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सरसफाई गर्दै सगरमाथा बेस क्याम्प पुगेको छ ।
सगरमाथा सफाई अभियान अर्न्तगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाईका क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको छ । बेस क्याम्प पुगेका सगरमाथा सफाई अभियानमा जुटेको टोलीले सफाईको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।
उक्त अबधिमा संकलन भएका तीन हजार केजी संकलित फोहोर मध्ये दुई हजार केजी फोहोर ओखलढुंगा ल्याइएको र एक हजार केजी प्रशोधन गर्न मिल्ने फोहर काठमाडौं ल्याई विश्व वातावरण दिवस (५ जुन) का दिन काठमाडौँमा प्रदर्शन गरी उचित व्यवस्थापनका लागि ‘ब्लू वेष्ट टु भ्यालु’ नामक संस्थालाई हस्तान्तरण गरिएके जनाइएको छ ।
बिभिन्न संघ संस्था तथा बित्तिय संस्थाहरुको मूल आयोजक तथा प्रायोजन गरिएको उक्त अभियानका लागि रु दुई करोड ३२ लाख १६ हजार खर्च हुने अनुमान गरिएके छ । उक्त रकम आयोजक निकाय र केही दातृ निकायबाट जुटाइनेछ । अभियानका लागि खुम्बु पासाङल्ह्यामु गाउँपालिकाले रु ३० लाख तथा नेपाल पर्वतारोहण सङ्घले रु २० लाख सहयोग गर्ने जनाएका छन् । साथै बन तथा वातावरण मन्त्रालयले ५० लाख सहयेग गरेका छन् ।
वैशाख १ गतेबाट सुरू गरिएको सफाई अभियान नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले सगरमाथा सफाई अभियान सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस