
काठमाडौं । नेपालले युएइलाई ४२ रनले पराजित गरेको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।
यसअघि नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय २९ रनको योगफल बनायो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको योगदान दिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । त्यस्तै सन्दीप लामिछानेले २७ तथा करण केसीले १७ रन बनाए । युएइका लागि जुनेद सिद्धिकीले ३ विकेट लिए भने आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २र२ विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
प्रतिक्रिया दिनुहोस