aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पर्यटन उद्यमी शाह नेपाल सम्मान २०७९ द्वारा सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ फागुन २०७९
पर्यटन उद्यमी शाह नेपाल सम्मान २०७९ द्वारा सम्मानित

काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई नेपाल सम्मान २०७९ बाट सम्मानित गरिएको छ । बुधबार अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मानबाट सम्मानित गरिएको हो ।

सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवद्र्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । बेष्ट रिसोर्ट नेपालका निर्देशक शाह बहुचर्चित चन्द्रागिरि हिल्स लिमिटेडका पूर्व महाप्रबन्धक हुन । 

दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटि क्षेत्रमा आबद्ध शाह यसअघि पनि आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन ।

प्रतिक्रिया दिनुहोस