aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पीएनजीलाई नेपालले भारी रनले हरायो, लामिछानेले लिए ४ विकेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ फागुन २०७९
पीएनजीलाई नेपालले भारी रनले हरायो, लामिछानेले लिए ४ विकेट

काठमाडौं । नेपालले घरेलु त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी(पीएनजी)लाई ५२ रनले हराएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको हो ।  

नेपालले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको थियो । पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस