
काठमाडौं । नेपालले घरेलु त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी(पीएनजी)लाई ५२ रनले हराएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको हो ।
नेपालले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको थियो । पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस