
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले ९५ रनमा समेटेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको टसमा पहिलो ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीलाई नेपालले ३२ ओभर खेल्दै सस्तोमा समेटेको हो ।
सो खेलमा सन्दी लामिछानेले एक्लैले पाँच विकेट लिएका छन् । निर्धारित ५० ओभरको खेलमा १८ ओभर बाँकी रहदै पपुवा न्युगिनीमा सबै विकेट झरेका हुन् ।
नेपालले हिजो भएको खेलमा युएईलाई एक सय ७७ रनले पराजित गर्दै आगामी चार वर्षका लागि एक दिवसीय मान्यता जोगाएको थियो । तेस्तै घरेलु मैदनमा भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । यसअघि युएई भ्रमणमा पनि नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई हराएको थियो ।
आजको खेलमा पनि नेपालले पपुवा न्युगिनीलाई हराउँदै जित सुनिश्चित गर्न चाहन्छ । नेपाल ३४ खेलमा ३६ अङ्कका साथ चौथो स्थानमा छ । अब बाँकी रहेका दुई खेलमा विजयी हासिल गरेमा नेपाल तेस्रो स्थान पक्का गर्दै विश्वकप छनोटको यात्रा पक्का गर्नेछ ।
प्रतिक्रिया दिनुहोस