aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पपुवा न्युगिनीविरुद्ध नेपालको कीर्तिमानी जित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ फागुन २०७९
पपुवा न्युगिनीविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत  पपुवा न्युगिनीविरुद्धको  खेलमा नेपालले कीर्तिमानी जित हासिल गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको टसमा पीएनजीलाई ९५ रनमा समेटेको नेपालले विष्फोटक ब्याटिङसहित ७.३ ओभरमै लक्ष्य भेटाएको हो ।

नेपालले हिजो भएको खेलमा युएईलाई एक सय ७७ रनले पराजित गर्दै आगामी चार वर्षका लागि एक दिवसीय मान्यता जोगाएको थियो । तेस्तै घरेलु मैदनमा भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । यसअघि युएई भ्रमणमा पनि नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई हराएको थियो ।  

प्रतिक्रिया दिनुहोस