aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नोकियाले कम बजेटको स्मार्टफोन सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० फागुन २०७९
नोकियाले कम बजेटको स्मार्टफोन सार्वजनिक

एजेन्सी । नोकियाले कम बजेटको स्मार्टफोन सेगमेन्टमा Nokia C12 भारतीय बजारमा सार्वजनिक गरेको छ। कम्पनीको सी सिरिजको यो स्मार्टफोन हालै विश्व बजारमा ल्याएको हो । ह्यान्डसेटमा ६.३ इन्चको एचडी प्लस डिस्प्ले, ५ मेगापिक्सेल सेल्फी क्यामेरा र थ्रीडी ढाँचाको डिजाइन छ।

 कम्पनीले यसको मूल्य ५ हजार ९९९ रुपैयाँ भारु राखेको छ । यो डिभाइस मार्च १७ देखि 2GB रैम + 64GB मा बिक्रीको लागि उपलब्ध हुनेछ। खरिदकर्ताहरूले यसलाई डार्क स्यान, चारकोल र लाइट मिन्ट कलर विकल्पहरूमा किन्न सक्छन्।

प्रतिक्रिया दिनुहोस