aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल टेलिकमका संरचनाहरुमा क्षति पुगेको देखे खबर गर्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ चैत्र २०७९
नेपाल टेलिकमका संरचनाहरुमा क्षति पुगेको देखे खबर गर्न आग्रह

काठमाडौं । नेपाल टेलिकमले आफ्ना संरचनाहरुको क्षति पुगेको देखेमा खर गर्न आग्रह गरेको छ । टेलिकमले मंगलबार एक सूचना जारी गर्दै नेपाल टेलिकमले यस्तो आग्रह गरेको हो । 

टेलिकमद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पु¥याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्नुहुन नेपाल टेलिकम हार्दिक अनुरोध गर्दछ । ‘ग्राहक सेवामा प्रतिबद्ध’ र ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमको सेवालाई आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउने कार्यमा सबैको सहयोग प्राप्त हुने कम्पनीको अपेक्षा छ ।’ 

नेपाल टेलिकमले देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई विविध प्रकारका दूरसञ्चार सेवाहरु उपलब्ध गराइरहेको छ । कम्पनीका सेवा अविच्छिन्न रुपमा उपलब्ध हुनका लागि ती उपकरण र संरचनाहरु चुस्तदुरुस्त अवस्थामा रहन आवश्यक हुन्छ । 

तर पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको छ । यस्तो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको छ । यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस