
काठमाडौं । भुक्तानी सेवा वालेटको प्रयोगकर्ता १ करोड ६१ लाख २६ हजार ४३३ पुगेका छन । नेपाल राष्ट्र बैंकले माघ मसान्तसम्मका लागि सार्वजनिक गरेको तथ्यांककमा यस्तो देखिएको हो ।
पुस महिनामा वालेट प्रयोगकर्ता १ करोड ५९ लाख ६२ हजार ९०७ रहेका थिए। एक महिनाको अवधिमा १ लाख ६३ हजार ५२६ वालेट प्रयोगकर्ता थपिएका छन्। गत आव २०७८/७९ को माघसम्म वालेट प्रयोगकर्ता १ करोड १० लाख ११ हजार ९३३ थिए। एक वर्षको अवधिमा वालेट प्रयोग गर्नेको संखया ४६ प्रतिशतले बढेको छ।
माघ महिनामा वालेटबाट १ करोड ६९ लाख ६० हजार ८२८ कारोबार हुँदा १७ अर्ब ११ करोड ८० लाख भुक्तानी भएको राष्ट्र बैंकको प्रतिवेदनमा देखिन्छ। गत आवको माघमा वालेटबाट १४ अर्ब ५३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस