aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपालले शुरु गर्‍यो विकेटको वर्षा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
नेपालले शुरु गर्‍यो विकेटको वर्षा

काठमाडौं । नेपाललाई लगातार विकेटको वर्षा गरिरहेको छ । खेलको २६ औँ ओभरमा चौथो विकेट झरेसँगै युएईलाई दबाब बढेको छ भने नेपाललाई अर्को महत्त्वपूर्ण सफलता हात परेको छ । 

दीपेन्द्रसिंह ऐरको बलिङमा चौथो विकेटकारुपमा युएईका ए खान क्यचआउट भएका हुन् । यसअघि तेस्रो विकेटमा रन आउट गर्न सफल नेपाल त्यो अगाडी युएईका कप्तान समेत रहेका मोहम्मद वसिमलाई आउट गरेपछि नेपाल उत्साहित बनेको थियो । 

आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको अन्तिम खेल भइरहेको छ । यस खेल जित्नै पर्ने दबाबमा रहेको छ । नेपालले आजको खेलमा करण केसीको ठाउँमा गुलशन झालाई समावेश गरेको छ । नेपाली टोलीमा झासँगै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् ।

विभिन्न सात राष्ट सहभागी शृङ्खलाको यो अन्तिम खेल हो । सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एक दिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले  विश्वकप छनोट खेल्न पाउने छ ।

प्रतिक्रिया दिनुहोस