
काठमाडौं । वीरगंज महानगरपालिकाले दुइ जना क्रिमेट खेलाडीलाई मोटरसाइकल दिने भएको छ । महानगरले ओपनिङ्ग व्याट्सम्यान आसीफ शेष र अलराउण्डर आरीफ शेषलाई एक एक् थान मोटरसाइकल दिने भएको हो ।
महानगरले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने यस प्रतियोगितामा वीरगंजका खेलाडीहरु ओपनिङ्ग व्याट्सम्यान आसीफ शेष र अलराउण्डर आरीफ शेषको महत्वपूर्ण योगदान हुनु वीरगंज महानगरपालीकाको लागी थप गौरवको विषय हो । राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सवै तहका सरकारको उत्तिकै दायीत्व पनि हो ।’
खुसी र गौरवको यस क्षणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुवै खेलाडीलाई थप प्रोत्साहन र हौसला स्वरुप वीरगंज महानगरपालिकाको तर्फबाट यामाहा एफजेड एफ वान मोटरसाईकल एक/एक थान प्रदान गर्ने घोषणा गरिएको वीरगंज महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग २ मा तेश्रो हुदै नेपाललाई विश्वकपको ग्लोवल क्वालिफायरमा पुयाई राष्ट्रको शिर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई महानगरले बधाई समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस