aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालले यूएईलाई दियो २८६ रनको चुनौती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
नेपालले यूएईलाई दियो २८६ रनको चुनौती

काठमाडौं । एसीसी यु–१९ एसिया कपमा नेपाली युवा टोलीले युनाइटेड अरब इमिरेट्स (युएई) लाई २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको मरियान्स क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाली टोलीले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको हो ।

युएईविरुद्ध कमजोर शुरुवात गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले ब्याटिङ इनिङ्सलाई बलियो बनाएका थिए ।

त्यस्तै, नेपालका लागि कप्तान रोहितले सर्वाधिक ८ चौका र १ छक्काको मद्दतमा ६७ रन बनाएका थिए भने सन्दिप जोराले ४८ रन बनाउँदा आसिफ शेखले ४५ रन बनाए । अलराउण्डर कमलसिंह ऐरीले ४१ रन बनाए । उनले २५ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाए भने राशिद खानले ४४ रन र कुसल मल्लले २२ रन बनाए ।

नेपालविरुद्ध युएईका सुचित शर्मा र मोहम्मद आकाश ताहिरले समान ३/३ विकेट लिए । कार्तिक पलानियापामले २ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस