aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गुगलको च्याट बोट सार्वजनिक, सेलेक्टेड प्रयोगकर्तामा परिक्षण गरिदैँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ चैत्र २०७९
गुगलको च्याट बोट सार्वजनिक, सेलेक्टेड प्रयोगकर्तामा परिक्षण गरिदैँ

एजेन्सी । गुगलले ओपन एआईको अन्तरक्रियात्मक च्याटबोटको प्रतिस्पर्धी बार्डलाई सार्वजनिक गरेको छ। यद्यपि, अहिले अमेरिका र बेलायतका सेलेक्टेड  प्रयोगकर्ताहरूले मात्रै पहुँच गर्न सक्नेछन्। यो क्रमशः सबै प्रयोगकर्ताहरूमा रोल आउट हुनेछ। गुगलले  विश्वका अन्य देशमा पुग्न समय लाग्न सक्ने बताएको छ ।

गुगलका सीईओ सुन्दर पिचाईले मंगलबार आफ्ना कर्मचारीहरूलाई भने, ‘गुगलका ८० हजार कर्मचारीसँग बार्डको परीक्षण गरिसकेपछि पहिलो चरणका रूपमा अमेरिका र बेलायतमा जनतासँग परीक्षण गरिने छ।’ पिचाईले भने, ‘चीजहरू गलत हुन सक्छन्, तर उत्पादन र प्रविधि सुधार गर्न प्रयोगकर्ताको प्रतिक्रिया आवश्यक छ।’

 माइक्रोसफ्टको ठूलो लगानी भएको कम्पनी सबैभन्दा अगाडि छ।  एक महिनामा यसले १०० मिलियन प्रयोगकर्ताहरू पार गरेको थियो। गुगलको च्याटबोट बार्डको ठूलो भाषा मोडेलमा आधारित छ।

क्याट जेपीटिले लामो उत्तरहरूको सट्टा छोटो र सटीक शब्दहरूमा पूर्ण जानकारी दिन्छ। यद्यपि यसले अनुपयुक्त अनुरोधहरू अस्वीकार गर्न सक्छ। ताकि यसलाई गैरकानूनी चीजहरूमा प्रयोग गर्न नपरोस्। जस्तै कुकर बम कसरी बनाउने। 

प्रतिक्रिया दिनुहोस