aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतले शुरु गर्दै छ एक सेकेन्डमा एक हजार जीबीको भिडियो डाउनलोड गर्ने इन्टरनेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० चैत्र २०७९
भारतले शुरु गर्दै छ एक सेकेन्डमा एक हजार जीबीको भिडियो डाउनलोड गर्ने इन्टरनेट

एजेन्सी । भारतमा ४ जी र ५जी नेटवर्कले फैलाउँदै छ । भारतका प्रधानमन्त्री नरेन्दै मोदीले ६जी नेटवर्कको रोडम्याप सुरु गरेका छन्। ६जी सेवा भारतमा २०३० सम्म सुरु हुने अपेक्षा गरिएको छ। ६जी आएपछि १ सेकेण्डमा १००० जीबीको भिडियो पनि डाउनलोड हुने विज्ञहरुको विश्वास छ ।

६जीको इन्टरनेट स्पीड ५जीभन्दा १०० गुणा बढी हुनसक्ने विज्ञहरू बताउँछन्। प्रति सेकेन्ड लगभग १०० गीगाबाइट हुन्छ। ६जीको आगमनसँगै नेटफ्लिक्सबाट मात्र १ सेकेन्डमा १४२ घण्टाको सामग्री डाउनलोड गर्न सकिन्छ।

जहाँ ५जीले आफ्नो चरम सीमामा १० गिगाबाइट प्रति सेकेन्डको गति प्रदान गर्न सक्छ । ६जीले अल्ट्रा–लो विलम्बताको साथ १ टेराबाइट प्रति सेकेन्डसम्मको गति प्रदान गर्ने अपेक्षा गरिएको छ। अल्ट्रा कम विलम्बता भनेको कम समयमा धेरै डेटा प्रशोधन गर्ने क्षमता हो।

प्रतिक्रिया दिनुहोस