
काठमाडौँ । इन्द्रजात्रालाई काठमाडौं महानगरपालिकाले यस वर्षदेखि अन्तर्रा्ष्ट्रिय महत्त्व सहित मनाउने भएको छ । यसका लागी काठमाडौँ महानगर पालिकाले बिदेशी शहरका प्मरमुख र प्हारतिनिधिलाई काठमाडौँमा बोलाएका छन् ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले इन्दजात्रा अवलोकन गर्न पहिलो पटक अन्तर्रा्ष्ट्रिय नगरका प्रमुख र प्रतिनिधिलाई सहभागी गराउने तयारीबारे आज जानकारी दिएका हुन्।
यस वर्षको इन्द्रजात्रा सञ्चालन तथा व्यवस्थापनबारे जानकारी दिन आयोजित कार्यक्रममा यस्तो जानकारी दिईएको हो । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा काठमाडौंका जीवन्त एवम् अमुल्य सम्पदाको अन्तर्रा्ष्ट्रिय क्षेत्रमा प्रचारप्रसारलगायत महानगरले अघि बढाएका कार्यक्रमकाबारे समेत जानकारी दिइएको थियो । महानगर प्रमुख शाक्यले बताए अनुसार इन्द्र जात्रा हेर्न आएका पाउनाहरुले यहाँ ४ रात र ५ दिन बिताउने छन् ।
उनका अनुसार विदेशी पाहुनाहरु नेपाल आइपुगुञ्जेलको खर्च उनीहरु आफैंले गर्ने र नेपाल आइपुगिसकेपछि आवास, खानपान र भ्रमण अवलोकनको व्यवस्था महानगरले मिलाउने छ । उनले भने, ‘पाहुनाहरुको व्यवस्थापन र अवलोकन ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर, भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर दरबार स्क्वायर र चन्द्रागिरि नगरको समन्वयनमा चन्द्रागिरि क्षेत्रमा समेत भ्रमण अवलोकन गराउने छौं ।’
बिहीबार काठमाडौं आइपुग्ने पाहुनालाइ शुक्रबार हनुमान ढोका आसपास कुमारी रथयात्रा हुने तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गराइनेछ भने दिउसोतिर राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथ यात्राको अवलोकन गराइनेछ ।
भदौ २८ गते चन्द्रागिरि, छाउनीको प्राकृतिक संग्रहालय र स्वयम्भूको अवलोकन गर्ने योजना छ । त्यस्तै २९ गते आइतबार भक्तपुर र पाटन दरबार स्क्वायरको भ्रमण गराउने र त्यसै दिन साँझ बिदाइ कार्यत्रमको आयोजना गरिने र कार्यत्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पनि सहभागी हुने कार्यक्रम छ ।
बिदाइ कार्यक्रामा इन्द्रजात्रासहित उपत्यकाका मौलिक जात्रा र पर्वको पर्यटकीय आकर्षण र नेपाल भ्रमण वर्ष २०२० मा नेपालका तर्फबाट महानगरका भगिनी सम्बन्ध भएका सहरहरुलाई सहभागिताका लागि निमन्त्रणा गरिनेछ । महानगरको निमन्त्राणमा इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ ।
सात महिनाअघि नै इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरुलाई निमन्त्रणा पठाइएको थियो । अवलोकन गर्न अहिलेसम्म चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अवतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउने पत्र प्राप्त भएको जानकारी दिइयो ।
त्यस्तै, चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने पाहुनाको संख्या ४८ जना हुने महानगरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस