aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अब भिभोेको वाई सिरिजका स्मार्टफोनले गर्छ जीवनका मागहरू पूरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
अब भिभोेको वाई सिरिजका स्मार्टफोनले गर्छ जीवनका मागहरू पूरा

काठमाडौं । स्मार्टफोनहरूमा डिजाइन, डिस्प्ले,इमेजिङ प्रणाली जस्ता विभिन्न विशेषताहरु छन् । यद्यपि, फोनले यी सबै सुविधाहरुलाई समर्थन गर्न यसको प्रशोधन शक्ति, गतिशील र्याम, र बलियो ब्याट्रीमा निर्भर रहेको कम्पनीले दावी गरेको छ । स्मार्टफोनको बढ्दो प्रयोगको युगमा बलियो प्रशोधन प्रणालीको आवश्यकता हाम्रो दैनिक जीवनको केन्द्रीय पक्ष बनेको छ । 

भभो, एक अग्रणी स्मार्टफोन ब्राण्डले नेपालमा प्रयोगकर्ताहरू र समीक्षकहरूबाट वाई सिरिजको स्मार्टफोनहरूको प्रभावशाली कार्य सम्पादन क्षमताहरूको लागि राम्रो प्रशंसा पाएको छ । वाई १५ सी मा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ जसले दैनिक प्रयोगको लागि पर्याप्त ब्याट्री जीवन प्रदान छ । एक फुल चार्जले वाई १५सी मा १७ घण्टाभन्दा बढिएचडी चलचित्र हेर्न वा ८ घण्टा भन्दा बढि नन–स्टप गेमिङलाई समर्थन गर्न सक्छ ।

 रिभर्स् चार्जिङ समर्थन गर्ने भएकाले यसलाई पावर बैंक जसरी अन्य उपकरणहरु चार्ज गर्न पनि प्रयोग गर्न सकिन्छ । फोनमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज रहेको छ । यसबाहेक, फोनमा १३एमपी एआई डुअल ब्याक क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेरा रहेको छ ।यो स्मार्टफोन हाल देशभर रु १४,९९९ मा उपलब्ध छ । 

वाई १५एस
यो स्मार्टफोनमा शक्तिशाली तथा लामो समयसम्म चल्ने ५०००एमएएच ब्याट्री र साइड माउन्टेड फिंगरप्रिन्ट टेक्नोलोजी रहेको छ । प्रयोगकर्तालाई पर्याप्त स्टोरेज सुनिश्चित गर्न यसमा ३ जीबी र्याम र ६४ जीबी रोम रहेको छ ।

 यसमामल्टि–टर्बो ३.० प्रविधि छजसले राम्रो नेटवर्क कार्यसम्पादन, द्रुत शीतलता, द्रुत कार्य, र एपहरू बीच सिमलेस अनुभव प्रदान गर्दछ। फोनमा १३ एमपी एआई डुअल ब्याक क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा छ जसबाट प्रयोगकर्ताहरूले आकर्षक सेल्फीहरू लिन सक्छन् । यो उत्कृष्ट उपकरण मिस्टिक ब्लू र वेभ ग्रीन रंगहरूमा उपलब्ध छन्। यहीँ अप्रिल महिनाबाट यो स्मार्टफोन नयाँ मुल्य रु १७,९९९ मा उपलब्ध छ ।

वाई २० एस
वाई २० एस ले उत्कृष्ट प्रदर्शन र गेमिङ अनुभव प्रदान गर्दछ। यसको ५०००एमएच ब्याट्री र १८ वाट फ्ल्यास चार्जिङको साहयतालेप्रयोगकर्ताहरु ब्याट्रीको चिन्ताबाट मुक्तहुन सक्छन् किनकि यसको फ्ल्यासचार्ज टेक्नोलोजीले मात्र ६९ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्दछ ।यसमा क्वालकम स्न्यापड्रेगन ४६० प्रोसेसर, ४जीवी र्याम र १२८ जीवी स्टोरेज रहेको छ जसलाई २५६जीवी सम्म विस्तार गर्न सकिन्छ ।

 गेमिङ अनुभवलाई फोनको अल्ट्रा गेम मोडले थप परिष्कृत गरेको छ, जसलाई ईस्पोर्ट्स मोड र पप–अप विन्डो अप्टिमाइजेसनसँग बढाइएको छ। यो स्मार्टफोन अप्रिल महिनादेखि रु २३,९९९ मा उपलब्ध छ । 

दैनिक आवश्यकताहरू छिटो, निरन्तर, र शक्तिशाली रुपमा पूरा गर्न सक्ने स्मार्टफोनमा लगानी गर्नु सधैं लाभदायक हुन्छ । भिभो आफ्नो क्यामेरा र डिजाइन नवाचारका लागि प्रख्यात भएतापनि वाई सिरिज यसको कार्य क्षमताको सन्दर्भमा पनि उत्तिकै विश्वाशिलो छ । 
 

प्रतिक्रिया दिनुहोस