aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इसेवा मनि ट्रान्स्फरले गर्यो सहयोग हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
इसेवा मनि ट्रान्स्फरले गर्यो सहयोग हस्तान्तरण

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत भोरपुरको भोजपुर बहुमुखि क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ ।

कम्पनीले डिजिटल साक्षरताका लागि एक कार्यक्रमका बिच शुक्रबार इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले संस्थाका अध्यक्ष प्रमेश केसी साथै महा सचिव संकेत कोईरालालाई सिजि ६५ एइ फोरके युएचजी एन्ड्रोइड टिभि र स्टेशनरी सामानहरू हस्तान्तरण गरेका हुन् ।

यसका साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित ‘ओरेन्ज भाइब्स–चोर्डस फर कज २०२३’  कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ । लक्ष्मी केयर्स ग्रिन इनिसेटिभ, गल्र्स एजुकेशन र फाइनान्सियल लिटेरेसी क्षेत्रमा सक्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस