aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पछिल्लो २४ घण्टामा भारतमा थपिए ५ हजार ३५७ कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
पछिल्लो २४ घण्टामा भारतमा थपिए ५ हजार ३५७ कोरोना संक्रमित

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।

यद्यपि  पछिल्ला केही दिनमा कोभिड सङ्क्रमण बढेको पाइएको छ । अप्रिल १ मा दैनिक २ हजार ९९४, अप्रिल २ मा ३ हजार ८२४, अप्रिल ३ मा ३ हजार ६४१, अप्रिल ४ मा ३ हजार ०३८, अप्रिल ५ मा ४ हजार ४३५, अप्रिल ५ हजार ३३५ जनामा नयाँ सङ्क्रमण देखिएको थियो ।

यसैगरी सक्रिय सङ्क्रमितको हालको सङ्ख्या ३२ हजार ८१४ रहेको छ । आइतबारसम्म दैनिक सकारात्मकता दर ३.३९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा तीन हजार सात सय २६ निको हुँदा निको हुनेको कुल सङ्ख्या चार लाख ४१ लाख ९२ हजार आठ सय ३७ पुगेको बुलेटिनले जनाएको छ र अहिले समग्र निको हुने दर ९८ दशमलव ७४ प्रतिशत रहेको छ ।

राष्ट्रव्यापी खोप अभियान अन्तर्गत आइतबारसम्म कुल २२०.६६ करोड खोपको डोज दिइएको छ जसमध्ये पछिल्लो २४ घण्टामा ६५९ डोज दिइएको छ ।

प्रतिक्रिया दिनुहोस