aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टेलिकमको सिममा हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
टेलिकमको सिममा हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाइने

काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छ । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो । 

यस सम्बन्धीगत चैत २०गते भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको र धेरै ग्राहक लाभान्वित भइरहेको बताउँदै हिमालयन बैंकका ग्राहक पनि लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए ।  
 

प्रतिक्रिया दिनुहोस