
काठमाडौ । यस वर्षको बसन्त ऋतुमा हिमाल आरोहणका लागि ३ सय भन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२३ को अप्रिल ९ तारिकसम्म २१ वटा हिमाल आरोहणका लागि ५१२ जनाले अनुमति लिएका छन् ।
विभागका अनुसार अनुमित लिएकाहरुमा ६१ वटा टिम रहेको छ । जसमा ४०९ जना पुरुष र १०३ जना महिला रहेका छन् । यो सिजनका लागि ६५ देशका पर्यटकहरुले हिमाल आरोहणको अनुमति लिएका हुन् । हिमाल आरोहणको अनुमति लिएकाहरुबाट ३१ करोड ३४ लाख ३ हजार ५४१ रुपैयाँ बराबरको रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
कुन हिमाल आरोहणका लागि कतिले लिए अनुमति ?
विभागका अनुसार यो सिजनमा सुर्मा सरोवर आरोहणका लागि २ जनाले अनुमति लिएका छन् । जसबाट एक लाख पाँच हजार ३२० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, यो सिजनमा अन्नपूर्ण आरोहणका लागि सबैभन्दा बढी ५४ जनाले अनुमति लिएका छन् । जसमा १६ जना महिला र ३८ जना पुरुष रहेका छन् । एक करोड ४ लाख २६ हजार ४१० रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यसैगरी, पांग्री गोल्डुम्बा आरोहण लागि अनुमति लिएका ६ जनाबाट तीन लाख १६ हजार ४४० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
मनास्लु हिमाल आरोहण लागि अनुमति लिएका १५ जनाबाट ३५ लाख ४३ हजार ८४० रुपैयाँ र थोरोङ पिक आरोहणका लागि अनुमति लिएका २३ जनाबाट ७ लाख ५४ हजार ३२७ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार बरुण त्से हिमाल आरोहण्का लागि ९ जनाले अनुमति लिएका छन् । यस वर्षको बसन्त ऋतुमा ल्होस्से हिमाल आरोहणका लागि ६० जनाले अनुमति लिएका छन् । जसमा ४३ पुरुष र १७ महिला रहेका छन् । उनीहरुबाट एक करोड ३० लाख ९५० रुर्पैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, नुप्से हिमालका लागि अनुमति लिएका १८ जनाबाट १४ लाख २० हजार ११० रुपैयाँ रोयल्टी संकलन भएको छ । विभागका अनुसार हिमलुङ हिमालका लागि यो सिजनमा १२ जना पर्यटकले अनुमति लिएका छन् । जसबाट ७ लाख ८७ हजार ५ सय रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यसैगरी, ग्यानचेन्पो हिमाल आरोहणका लागि यो सिजनमा ४ जनाले अनुमति लिएका छन् । जसबाट एक लाख ३१ हजार ४ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । धौलागिरी हिमाल आरोहणका लागि अनुमति लिएका ३० जनाबाट ६९ लाख ७५ हजार ३५० रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार यस वर्षको बसन्त ऋतुका लागि थापा पिक (धम्पुस) हिमालका लागि अनुमति लिएका ६ जनाबाट एक लाख ९७ हजार ५२५ रुपैयाँ र जक्र्या पिकका लागि अनुमति लिएका ८ जनाबाट २ लाख ६२ हजार ८ सय रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, यस वर्षको बसन्त ऋतुमा अमाडब्लम २७ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरुबाट १४ लाख २० हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । त्यस्तै, मकालु हिमाल आरोहणका लागि अनुमति लिएका चार जनाबाट ९ लाख ४४ हजार २८० रुपैयाँ, अरनिको चुली हिमाल आरोहणका लागि अनुमति लिएका ९ जनाबाट २ लाख ९५ हजार ९८७ रुपौयँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार खातुङ खाङ हिमाल आरोहणका लागि अनुमति लिएका सात जनाबाट २ लाख २९ हजार ४२५ रुपैयाँ, तु त्से पिकका लागि अनुमति लिएका २ जनाबाट एक लाख ४ हजार रुपैयाँ, पुमोरीबा लागि अनुमति लिएका १२ जनाबाट सात लाख ८६ हजार ९ सय रुपैयाँ र कञ्चनजंघाका लागि आरोहण अनुमति लिएका ७ जनाबाट १६ लाख ५६ हजार २७० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
सगरमाथा हिमाल आरोहणका लागि १९७ ले लिए अनुमति
विभागका अनुसार सगरमाथा हिमाल आरोहणका लागि ४० देशका १९७ जना पर्यटकले अनुमति लिएका छन् । जसमा ३१ महिला र १६६ पुरुष रहेका छन् । यो सिजनमा २० वटा टिमले सगरमाथा हिमालको आरोहण गर्ने विभागले जनाएको छ । हिमाल आरोहणको अनुमति लिएकाहरुबाट २७ करोड ४३ हजार ६०६ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस