aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अलिबाबाले घोषणा गर्‍यो च्याट जीपीटीको सौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ चैत्र २०७९
अलिबाबाले घोषणा गर्‍यो च्याट जीपीटीको सौता

एजेन्सी। प्रख्यात चिनियाँ टेक्नोलोजी कम्पनी अलिबाबाले आफ्नो छुट्टै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) निर्माण गर्ने भएको छ । च्याटजीपीटी शैलीको उक्त एआईको नाम  टोन्ग्यी क्वानवेन राख्ने योजना सो कम्पनीले घोषणा गरेको छ।

रोयटर्सका अनुसार यसको क्लाउड कम्प्युटिङ इकाईले "निकट भविष्य" मा अलिबाबाका व्यवसायहरूमा च्याटबटलाई एकीकृत गर्ने बताएको छ तर यसको टाइमलाइनको विवरणहरू भने दिएको छैन।

हालका महिनाहरूमा, विश्वभरका प्रविधि कम्पनीहरूले आफ्नै जेनेरेटिभ एआई च्याटबटहरू सार्वजनिक गरिरहेका गरेका छन्। यस वर्षको सुरुमा, अलिबाबाले खुलासा गर्‍यो कि यसले च्याट जीपीटीको प्रतिद्वन्द्वीका रुपमा काम गरिरहेको छ।

टोन्ग्यी क्वानवेनको अर्थ "हजार प्रश्न सोधेर जवाफ खोज्ने" भन्ने हुन्छ । यद्यपि अलिबाबाले नामको अङ्ग्रेजी संस्करण भने दिएको छैन।

"हामी जेनेरेटिभ एआई र क्लाउड कम्प्युटिङद्वारा सञ्चालित प्राविधिक वाटरशेड क्षणमा छौँ," अलिबाबाका अध्यक्ष र प्रमुख कार्यकारी ड्यानियल झाङले टोन्ग्यी क्यानवेनको सुरुवाती चरण बारे भने।

कम्पनीले अङ्ग्रेजी र चिनियाँ भाषामा काम गर्न सक्ने टोन्ग्यी क्वानवेनलाई सुरुमा अलिबाबाको कार्यस्थल मेसेजिङ एप 'डिन्क टक'मा थपिने जनाएको छ।

यसले मानिसहरू बिचमा भएका कुराकानीलाई लिखित नोटमा परिणत गर्ने, इमेल लेख्ने र व्यापार प्रस्तावहरूको मस्यौदा तयार गर्नेलगायत धेरै कार्यहरू गर्ने कम्पनीले जनाएको छ।

अलिबाबाले भने कि यसलाई टिमल जेनीमा पनि एकीकृत गरिनेछ, जुन एमेजन को अलेक्सा भ्वाइस असिस्टेन्ट स्मार्ट स्पिकर जस्तै छ।

नोभेम्बरमा माइक्रोसफ्ट-समर्थित ओपन एआई द्वारा च्याट जीपीटी जारी गरेपछि जेनेरेटिभ एआईमा रुचि बढेको छ।

जेनेरेटिभ एआई विगतको डाटाबाट सूचना लिन सक्षम छ । मानवले छुट्टाउन नसक्ने सामग्री सिर्जना गर्न यसले विगतका सूचनाको प्रयोग गर्छ ।

च्याट जीपीटीले प्राकृतिक, मानव-जस्तो भाषा प्रयोग गरेर प्रश्नहरूको जवाफ दिन सक्छ र यसले अन्य लेखन शैलीहरूको पनि नक्कल गर्न सक्छ। माइक्रोसफ्टले फेब्रुअरीमा आफ्नो खोज इन्जिन बिंगमा थपिएको प्रविधिमा अर्बौं डलर खर्च गरेको छ।

 अमेरिकी सफ्टवेयर दिग्गज कम्पनीले वर्ड, एक्सेल, पावरपोइन्ट र आउटलुकलगायत आफ्ना अफिस एपहरूमा च्याट जीपीटीको संस्करण इम्बेड गर्ने पनि बताएको छ।

अल्फाबेटको गुगल र चिनियाँ टेक्नोलोजी समूह बाइदुले पनि आफ्नै एआई मोडेलहरू घोषणा गरेका छन् र यस्तै च्याटबटहरू जारी गरेका छन्।

गत महिना, टेक्नोलोजी उद्योगका उच्च-प्रोफाइल व्यक्तित्वहरूको समूहले शक्तिशाली एआई प्रणालीहरूको प्रशिक्षणलाई मानवताको लागि खतराको भन्दै निलम्बन गर्न आह्वान गरेको थियो।

ट्विटरका प्रमुख कार्यकारी एलोन मस्क र एप्पलका सह-संस्थापक स्टीव वोज्नियाकले सम्भावित जोखिमहरूको चेतावनी दिने खुला पत्रमा हस्ताक्षर गरेका थिए र एआई प्रणालीहरू विकास गर्ने दौड नियन्त्रण बाहिर भएको बताएका थिए।

 यसैबिच, लगानी बैंक गोल्ड म्यान साक्सको हालैको रिपोर्टले अनुमान गरेको छ कि एआईले ३०० मिलियन पूर्ण-समय कामहरूको बराबरको ठाउँमा अब काम गर्न  सक्छ। यसले ठूलो संख्यामा रोजगारी कटौती गराउने छ ।

यस महिनाको सुरुमा, इटाली च्याट जीपीटी ब्लक गर्ने पहिलो पश्चिमी राष्ट्र बनेको छ । सो देशको डेटा-सुरक्षा प्राधिकरणले गोपनीयता चिन्ताहरू देखाउँदै यसलाई ब्लक गरेको हो।

प्रतिक्रिया दिनुहोस