aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टेलिकमको स्प्रिङ अफर, डाटा सुविधादेखि ३ हजार मिनेट कुराकानी गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ चैत्र २०७९
टेलिकमको स्प्रिङ अफर, डाटा सुविधादेखि ३ हजार मिनेट कुराकानी गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफर सार्वजनिक गरेको छ ।  यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको कम्पनीले जनाएको छ । यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक  आठ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
 
पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवाप्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ । साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ । 

त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक  १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३,००० हजार मिनेट कुराकानीगर्न सकिने भ्वाइस सेवार एनटीटीभी सेवाउपलब्ध गराइने छ । 

यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजीप्याक, पोस्टपेड प्याकलगायतका अन्य प्याकलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमाप्राप्त डाटा खपतभए पश्चातको डाटा थ्रोटिङ स्पिडमा बढोत्तरी गरिएको छ । प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उत्ति नै स्पिडको सेवाप्रयोग गर्नुपरेमा *1442#  डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिन्छ ।

स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1#   डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धीजानकारी लिनतथा सेवाखरिद गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस