aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दैनिक रुपमा कोरोना संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
दैनिक रुपमा कोरोना संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। दैनिक कोरोना सक्रमित बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ निर्देशन जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो।

भारत लगायतका छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोनाको नयाँ भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस