aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

थप एक सय २१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
थप एक सय २१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५८ र एन्टीजेन परिक्षण गर्दा ६३ गरी जम्मा १२१ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा ८१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार २२ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा २ हजार ३७७ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ४२ हजार १८० रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ४४५ जना रहेका छन् ।    
 

प्रतिक्रिया दिनुहोस